२०८२ असोज ३, शुक्रवार , ०१:२५:४६ बजे

Sajhamanch
'

तालिबानद्वारा अफगानिस्तानको विश्वविद्यालयमा महिलाले लेखेका पुस्तक प्रतिबन्ध

शुक्रवार, असोज ३, २०८२

झापा । तालिबान सरकारले अफगानिस्तानको विश्वविद्यालयमा महिलाले लेखेका पुस्तकहरू हटाएको छ । साथै मानव अधिकार र उत्पीडनसम्बन्धी शिक्षणलाई समेत गैरकानूनी बनाएको छ ।

तालिबानले शरियाविरोधी र तालिबान नीतिका कारण भन्दै ६८० वटा पुस्तकलाई चिन्ताजनक ठहर्‍याएको बीबीसीले जनाएको छ । विश्वविद्यालयलाई अब विभिन्न १८ विषयहरू पढाउन अनुमति नरहेको उल्लेख छ । ती विषय शरियासिद्धान्त र प्रणालीका नीतिसँग बाझिने रहेको एक तालिबान अधिकारीले बताएका छन् ।

चार वर्षअघि सत्तामा फर्केयता तालिबानले ल्याएका कैयौँ प्रतिबन्धको शृङ्खलामा आएको यो पछिल्लो आदेश हो । यी नियमहरूले दैनिक जीवनका विभिन्न पक्षमा असर पारे पनि विशेषगरी महिला र किशोरीरयुवतीलाई अप्ठ्यारोमा पारेको छ । अफगानिस्तानमा उनीहरूलाई विद्यालयमा कक्षा ६ भन्दा माथि पढ्न वञ्चित गरिएको छ ।

सम्बन्धित खबर