
झापा । फ्रान्समा हड्ताल र सरकारविरुद्धको प्रदर्शनले जनजीवन प्रभावित भएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोंन र नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको नेतृत्वमा प्रस्तावित बजेट कटौतीको योजनाविरुद्ध देशभर मजदुर आन्दोलित भएका हुन् ।
विभिन्न युनियन, शिक्षक, स्वास्थ्यकर्मी, रेल कर्मचारी, विद्यार्थीलगायत आन्दोलित बनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राजधानी पेरिसलगायतका विभिन्न सहरमा प्रदर्शनको क्रममा झडपका घटना समेत भएका छन् ।
झन्डै दुई सयको संख्यामा प्रदर्शनकारी पक्राउ परेका छन् । ८० हजार भन्दा धेरैको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।