
झापा । संयुक्त राष्ट्रसङ्घको रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीले देश स्वतन्त्र भएपछि अहिलेसम्म तेलबाट कमाएको २५।२ अर्ब अमेरिकी डलरमध्ये अर्बौं डलर हिनामिना गरेको खुलासा गरेको छ ।
मानवअधिकार आयोगको रिपोर्टअनुसार, यो रकम स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनुको सट्टा व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरूपयोग भएको उल्लेख छ ।
सबैभन्दा ठूलो भ्रष्टाचार ‘ओआयल फोर रोडस’ कार्यक्रममा देखिएको छ, जहाँ सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब नरहेको प्रतिवेदनलाई उल्लेख गरी समाचार संस्था एएफपीले जनाएको छ । यो रकम उपराष्ट्रपति एवम् सम्भावित राष्ट्रपतिका उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीमार्फत खर्च भएको रिपोर्टको दाबी छ ।
उहाँ हालै राष्ट्रिय सुरक्षा सेवाको जनरल पदमा बढुवा हुनुभएको छ । तर सुडानको सरकारले रिपोर्टमा प्रयोग गरिएको सूचना पक्षपाती रहेको भन्दै अस्वीकार गरेको छ ।