२०८२ भदौ ३१, मङ्गलवार , १०:१४:४९ बजे

Sajhamanch
'

साउनमा १ खर्ब ७७ अर्बको रेमिट्यान्स भित्रियो

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम देशभित्र पठाएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर एक खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेर एक अर्ब २७ करोड डलर पुगेको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनःश्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको छ ।

सम्बन्धित खबर