२०८२ भदौ ३०, सोमवार , ०५:५७:०५ बजे

Sajhamanch
'

विराटनगरको भाटभटेनीमा पनि एक शव भेटियो

सोमवार, भदौ ३०, २०८२

विराटनगगर । भाटभटेनी सुपरमार्केटको विराटनगरस्थित भवनमा जलेको अवस्थामा शव फेला परेको छ । सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रमम विराटनगर स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो । सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने प्रहीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘शव पूर्ण रुपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ । हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौं र घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’

जेनजी आन्दोलन र प्रदर्शनका क्रममा देशैभरिका भाटभटेनी स्टोरमा आगजनी भएका थियो । आगजनीमा परि धरानमा ४ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर