२०८२ भदौ ३०, सोमवार , १०:५२:२३ बजे

Sajhamanch
'

इजरायली आक्रमणमा परी गाजामा थप ५३ जनाको ज्यान गयो

सोमवार, भदौ ३०, २०८२

झापा । इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले जनाएको छ ।

गाजामा मात्र ३५ जनाको ज्यान गएकोे स्वास्थ्यकर्मीहरूले बताएका छन । भोकमरीका कारण थप दुई जनाको ज्यान गएसँगै युद्ध शुरू भएदेखि अहिलेसम्म कुपोषणका कारण ज्यान गुमाउनेको सङ्ख्या ४२२ पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले गाजा सिटीको रेमाल क्षेत्रमा रहेको अल–काउथर टावरलाई निशाना बनाउँदै आक्रमण गरेको हो । लगातारको बमबारीका कारण लाखौ मानिस विस्थापित भएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर