
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गर्नुभएको छ ।
नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार रहेको र प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुने भनिएको एएफपीले जनाएको छ । ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै नेटोको जीत हासिल गर्ने प्रतिबद्धता १०० प्रतिशतभन्दा निकै कम रहेको बताउनुभएको छ ।
नेटोले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गर्नुभएको छ । ट्रम्पको यो प्रस्ताव रुसी तेल आयातको निरन्तरताका कारण भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि आएको हो ।