
काठमाडौं । डिल्लीबजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागार भित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ ।
बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् ।
जेनजीको आन्दोलनका क्रममा कारागारका बन्दीहरू देशभरबाट भागेका छन् । रास्वपा सभापति रवि लामछानेलाई नख्खु कारागारबाट निकालेपछि सबैतिर बन्दीहरू भाग्न थालेका छन् ।
कास्की कारागारबाट सबै बन्दी भागेका छन् । कपिलवस्तु कारागारबाट ४०० बढी भागेका छन् । सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् ।
भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीबन्दी भागेका छन् । तनहुँ कारागारबाट पनि बन्दी भागेका छन् ।