२०८२ भदौ २३, सोमवार , ०७:३५:०१ बजे

Sajhamanch
'

मृतकको संख्या १९ पुग्यो, ३४७ जना घाइते

सोमवार, भदौ २३, २०८२

काठमाडौं । समाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३४७ जना घाइते उपचाररत छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर