
झापा । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र बनाउँदै अग्ला भवनहरु ध्वस्त बनाउन थालेको छ । गाजाको सबैभन्दा ठूलो शहर कब्जा गर्ने प्रयासमा इजरायलले अहिलेसम्म कम्तीमा ५० वटा भवन भत्काइसकेको पालेस्तिनी सिभिल डिफेन्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हिजो गरिएको अल–रुया टावरमा आक्रमणसँगै गाजाभर कम्तीमा ६५ जना मारिएको छन् । इजरायली सेनाले भवनमा आक्रमण गर्नु अघि खाली गर्न चेतावनी दिइएको दाबी गरेको छ । यसपछि त्यहाँ आश्रय लिइरहेका विस्थापितहरू र स्थानीय बासिन्दाहरू टहरा छोडेर भागेका थिए ।
सयौँ परिवारले आश्रय गुमाए खबरमा भनिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आतङ्ककारी संरचना र आतङ्कवादी भवनहरू समाप्त पारिरहेको दाबी गर्नुभएको छ ।