२०८२ भदौ २३, सोमवार , १०:२८:१५ बजे

Sajhamanch
'

जापानका प्रधानमन्त्री सिगेरु इशिबाद्वारा राजीनामा दिने घोषणा

सोमवार, भदौ २३, २०८२

काठमाडौं । लगातार चुनावमा पराजित भएपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले राजिनामा दिने घोषणा गर्नुभएको छ । पद सम्हालेको एक वर्ष पनि नपुग्दै उहाँले राजीनामा दिने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ ।

सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीप)ले १५ वर्षपछि पहिलोपटक जापानको प्रतिनिधिसभामा बहुमत गुमाएको छ । पार्टीले यसैवर्ष जुलाईमा उच्च सदनमा पनि बहुमत गुमाएको छ । यसले प्रधानमन्त्री इशिबामाथि ठूलो दबाब सिर्जना गरेको खबरमा उल्लेख छ ।

एलडीपीले गएको सात दशकदेखि धेरैजसा समय जापानमा शासन गर्दै आएको भए पनि इशिबाको नेतृत्वमा पार्टीले ऐतिहासिक हार बेहोरेको छ । अब एलडीपीले नयाँ नेता छान्ने र संसदले प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने भनिएको छ । इशिबा गएको एकवर्ष अघि अक्टोबरमा जापानको प्रधानमन्त्री बन्नु भएको थियो ।

सम्बन्धित खबर