
झापा । वैज्ञानिकहरूले अन्तरिक्षमा अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको बताएका छन् । अमेरिकी वैज्ञानिकहरूले गुरुत्वाकर्षण तरङ्ग सूचकहरू प्रयोग गरेर दुई वटा ब्ल्याक होलको टक्कर पत्ता लगाएको बताएका हुन् ।
गएको वर्ष नोभेम्बरमा रेकर्ड गरेको टक्करका वैज्ञानिक निष्कर्षहरू बेलायतमा केही दिनअघि आयोजित अन्तर्राष्ट्रिय सामान्य सापेक्षता र गुरुत्वाकर्षण सम्मेलनमा प्रस्तुत गरिएका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।
गएको नोभेम्बर २३ को दिउँसो १ बजे वाशिङ्गटन र लुइसियानामा एकैसाथ तरङ्ग सूचकहरू रेकर्ड गरिएका थिए । वैज्ञानिकहरूका अनुसार एकआपसमा ठक्कर खाएका ब्ल्याक होलमध्ये एउटा सूर्यभन्दा १०० गुणा ठूलो र अर्को १४० गुणा ठूलो थियो ।
दुई वटा ब्ल्याक होल ठक्कर खाएर बनेको नयाँ ब्ल्याक होल २६५ गुणा ठूलो भएको छ । यो टक्कर पृथ्वीभन्दा झन्डै १० अर्ब प्रकाश वर्ष टाढा भएको हो । जसको अर्थ यो टक्कर लाखौं वर्ष पहिले भएर अहिले यहाँसम्म तरङ्ग आइपुगेको हो ।
ब्ल्याक होल उच्च गुरुत्वकार्षण बल भएको क्षेत्र हो जसले प्रकाशसहित कुनै पनि वस्तुलाई आफूतिर तान्छ र उम्कन दिँदैन । यसले सिङ्गो एउटा सौर्यमण्डल नै आफूतिर तानिदिन सक्ने क्षमता राख्छ । वैज्ञानिकहरूले अहिलेसम्म झन्डै ३०० ब्ल्याक होल पत्ता लगाएका छन् ।