२०८२ भदौ २२, आइतवार , ११:१८:४४ बजे

Sajhamanch
'

आक्रमणअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन

आइतवार, भदौ २२, २०८२

झापा । इजरायली सेनाले गाजा शहरका बासिन्दालाई योजनाबद्ध आक्रमणअघि गाजा क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् निर्देशन दिनुभएको हो । द्वन्द्व अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा शहर वरपर आफ्नो कारबाही बढाउँदै गर्दा इजरायली सेनाले प्यालेस्टिनी नागरिकलाई बस्ती छोड्न निर्देशन दिएको छ ।

गएको महिना अनिकाल घोषणा गरेको गाजा शहर र वरपर झन्डै १० लाख मानिसहरू रहेको संयुक्त राष्ट्रसङ्घको अनुमान छ । यदि आक्रमण निरन्तर रह्यो भने यसले ‘प्रकोप’ निम्त्याउने चेतावनीसमेत राष्ट्रसङ्घले दिएको छ ।

सम्बन्धित खबर