२०८२ भदौ २०, शुक्रवार , ०२:३२:२३ बजे

Sajhamanch
'

ट्रम्प प्रशासनको भन्सार शुल्क वृद्धिले ब्राजिलको कफी चीनतर्फ निर्यात

शुक्रवार, भदौ २०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरैजसो देशमाथि लगाएको उच्च आयात शुल्कले अमेरिकी रोजगारी र अर्थतन्त्रलाई फाइदा पुग्ने दाबी गरे पनि यसको असर उल्टो देखिन थालेको छ ।

यो नीतिले अन्य देशका निर्यातकहरूलाई चीनतर्फ आकर्षित गरिरहेको बीबीसीले जनाएको छ । जसका कारण अमेरिकी उपभोक्ताहरु महँगीमा परेका छन् ।

विश्वकै सबैभन्दा ठूलो कफी उत्पादक देश ब्राजिलमाथि अमेरिकाले ५० प्रतिशत आयात कर लगाएको छ । जसका कारण अमेरिकी बजार अब ब्राजिलका निर्यातकका लागि आकर्षक देखिन छोडेको खबरमा उल्लेख छ ।

अहिले ब्राजिलका निर्यातकहरूले वर्षेनि अमेरिका पठाउँदै आएको झन्डै ८० लाख बोरा कफीका लागि नयाँ खरिदकर्ताको खोजी भइरहेको खबरमा उल्लेख छ । ब्राजिलमा उत्पादित कफिको ठूलो हिस्सा अहिले चीनतर्फ निर्यात भइरहेको छ ।