२०८२ भदौ २०, शुक्रवार , ११:२४:४९ बजे

Sajhamanch
'

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न अदालतमा याचिका दायर

शुक्रवार, भदौ २०, २०८२

झापा  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न भन्दै त्यहाँको सर्वोच्च अदालतमा याचिका दायर गरेको छ । अस्ति बुधवार याचिका दायर गर्दै सङ्घीय कानून अनुसार व्यापक आयात कर (ट्यारिफ) लगाउने अधिकार रहेको छिट्टै स्पष्ट गर्न आग्रह गरिएको एपी न्यूजले जनाएको छ ।

यसअघि अमेरिकी फेडरल सर्किट अपिल अदालतले राष्ट्रपति ट्रम्पले आपतकालीन शक्तिको दुरुपयोग गर्दै लगाएका धेरैजसो भन्सार कर गैरकानुनी भएको ठहर गरेको थियो । तर पनि अपिलबारे अदालतले अहिलेलाई भन्सार कर कायम राख्ने निर्णय गरेको छ ।

अदालतको निर्णयले पाँच महिनादेखि भन्सार कर मार्फत भइरहेको अन्तर्राष्ट्रिय वार्ता अस्थिर बनाएको र यसले अमेरिका र विदेशी साझेदारबीच भएका सम्झौता खतरामा पारेको ट्रम्प प्रशासनको ठहर छ ।

तर, साना व्यवसायीले भने यस किसिमका भन्सार शुल्कबाट पीडित भएको दाबी गर्दै आएका छन् । अहिलेसम्म यस्ता भन्सार करबाट अमेरिकी राज्यकोषमा १५९ अर्ब डलरभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ ।

सम्बन्धित खबर