२०८२ भदौ १९, बिहिवार , ०४:३३:५४ बजे

Sajhamanch
'

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न

बिहिवार, भदौ १९, २०८२

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिह्न लगाउनु भएको छ । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

खापुङलाई आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।

निवर्तमान प्रहरी महानिरीक्षक दिपक थापाले भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाएपछि खापुङले आजबाट नेपाल प्रहरीको कमाण्ड सम्हालनु भएको छ । दर्ज्यानी चिह्न लगाएपछि उहाँले आजै प्रहरी प्रधान कार्यालय नक्शाल पुगेर पदभार ग्रहण गर्नुहुने छ।

उहाँको पालामा पनि नयाँ प्रहरी ऐन जारी भए उहाँको सेवाअवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ । नभए उहाँ पनि ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानु हुने छ ।

सम्बन्धित खबर