
झापा । गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ६४ प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली सेनाले विस्तारित लडाई शुरू गर्नुअघि गाजा शहरका बासिन्दाहरूलाई त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो ।
गाजाको दक्षिण पश्चिममा रहेको ताल अल–हवा छिमेकमा रहेको एउटा अपार्टमेन्ट भवनमा इजरायली विमानले बम विष्फोट गर्दा १४ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । शहरको पूर्वमा रहेको अल–दराजमा रहेको एउटा आवासीय घरमा इजरायली हवाई आक्रमणमा १० जनाको ज्यान गएकोे छ ।
बसालले उत्तरी गाजा शहरको अल–नासर र शेख रदवान छिमेकमा विस्थापित बासिन्दाहरूलाई आवास गर्ने अपार्टमेन्ट र पालहरूमा आक्रमण गर्दा १० जनाको ज्यान गएको बताउनुभयो ।
उहाँले गाजापट्टीको उत्तरमा रहेको जबालियामा प्यालेस्टिनी भेलामा बम विष्फोट हुँदा पाँच जनाकोे र पश्चिमी गाजा शहरको समुद्र तट नजिकै रहेको खाना भण्डारमा आक्रमण हुँदा तीन जनाको ज्यान गएको उल्लेख गर्नुभयो ।