२०८२ भदौ १९, बिहिवार , १०:३१:१६ बजे

Sajhamanch
'

चीनमा भएको सैन्य परेडबारे अमेरिका र युरोपियन युनियनको कडा प्रतिक्रिया

बिहिवार, भदौ १९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा भएको भव्य सैन्य परेडलाई प्रभावशाली तर योजनाबद्ध भन्दै प्रतिक्रिया दिएका दिनुभएको छ । आफूले सैन्य परेड हेरेको ट्रम्पले बताउनुभएको न्यूयोर्क टाईम्सले लेखेको छ ।

जापानमाथिको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा हिजो आयोजित परेडमा चिनियाँ सेनाले आफ्नो शक्तिशाली सैन्य क्षमता प्रदर्शन गरेको थियो । कार्यक्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले विभिन्न अमेरिका विरोधी मानिएका नेताहरूलाई अतिथि बनाउनुभएको थियो । उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति पुटिनबीच करिब दुई घण्टा लामो गोप्य वार्ता पनि भएको खबरमा उल्लेख छ ।

भेटमा पुटिनले किमलाई रूस भ्रमणका लागि निम्तो दिनुभएको छ । ट्रम्पले परेडमा यदि आफूलाई आमन्त्रण गरिएको भए पनि उपस्थित नहुने स्पष्ट पार्नुभएको खबरमा भनिएको छ । युरोपेली सङ्घ इयू का विदेश तथा सुरक्षा नीति प्रमुख काजा कल्लासले चीनको बेइजिङमा आयोजित सैन्य परेडमा देखिएका चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी नेतृत्व र उत्तर कोरियाली नेता किम जोङ उनलाई “स्वेच्छाचारी गठबन्धन” को प्रतीक भन्दै कडा आलोचना गर्नुभएको छ ।

उहाँले बेइजिङको परेडमा राष्ट्रपति सी जिनपिङ रूस, इरान र उत्तर कोरियाका नेताहरूसँगै उभिएको दृश्य केवल ‘पश्चिम विरोधी देखावट’ मात्र नभई अन्तर्राष्ट्रिय नियममा आधारित प्रणालीमाथि प्रत्यक्ष खतरा रहेको बताउनुभयो । यस्तो गठबन्धनले विश्व स्थिरता र नियममा आधारित व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ, जसलाई पश्चिममा शक्तिहरूले संयुक्त प्रयासमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

सम्बन्धित खबर