२०८२ भदौ १८, बुधवार , ११:१०:१९ बजे

Sajhamanch
'

बेल्जियमले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने

मङ्गलवार, भदौ १७, २०८२

झापा । बेल्जियमले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भएको छ । बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि अस्ट्रेलिया, बेलायत, क्यानडा र फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताइसकेका छन् । अब यो सूचीमा बेल्जियम पनि समावेश भएपछि इजरायलमाथि अन्तर्राष्ट्रिय दबाव थपिएको छ ।

इजरायलले गाजामा भएको युद्धका लागि विश्वव्यापी आलोचना खेपिरहेको छ । संयुक्त राष्ट्रसङ्घको महासभा यही सेप्टेम्बर ९ देखि २८ सम्म अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ ।

न्युयोर्क घोषणापत्रमा हस्ताक्षर गर्ने राष्ट्रहरूमा बेल्जियमा सामेल हुने विदेशमन्त्री प्रिभोटले सामाजिक सञ्जाल ‘एक्स’ मा उल्लेख गर्नुभएको छ । विशेषगरी गाजामा भइरहेको भइरहेको मानवीय त्रासदीलाई ध्यानमा राख्दै र इजरायलले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै गरेको हिंसाको प्रतिक्रियामा बेल्जियम यो निर्णयमा पुगेको उहाँले बताउनुभयो ।

युरोपेली सङ्घको सदस्य बेल्जियमले इजरायली सरकार र हमासमाथि दबाव बढाउन यो निर्णय गरेको विदेशमन्त्री प्रेभोटको भनाइ छ ।

सम्बन्धित खबर