२०८२ भदौ १६, सोमवार , ०४:५२:४४ बजे

Sajhamanch
'

नर्वेलाई युद्धपोत आपूर्ति गर्न बेलायतद्वारा १० अर्ब पाउन्डको सम्झौता

सोमवार, भदौ १६, २०८२

झापा । बेलायतले नर्वेको नौसेनालाई कम्तीमा पाँच नयाँ युद्धपोत आपूर्ति गर्न १० अर्ब पाउन्डको सम्झौता गरेको छ ।

‘टाइप ट्वान्टी–सिक्स’ फ्रिगेटहरू प्रदान गर्ने सम्झौता मूल्यको हिसाबले बेलायतको अहिलेसम्मकै सबैभन्दा ठूलो युद्धपोत निर्यात सम्झौता हुने रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसले जनाएको छ । यस्तै नर्वेले यो अहिलेसम्मको सबैभन्दा ठूलो रक्षा क्षमता लगानी हुने बताएको छ ।

रक्षा मन्त्रालयका अनुसार यो सम्झौताले स्कटल्यान्डका १०३ सहित ४०० भन्दा धेरै बेलायती व्यवसायहरूलाई पनि सहयोग गर्ने छ ।

यसैबीच बीबीसीसँग कुरा गर्दै रक्षामन्त्री लुक पोलार्डले यो सम्झौतालाई इतिहासको सबैभन्दा ठूलो ब्रिटिश युद्धपोत सम्झौता र बेलायती कामदारहरू र ब्रिटिश रक्षा उद्योगमा ठूलो विश्वासको मत भएको बताउनुभएको छ ।

तर यो सम्झौतालाई लिएर नर्वेजियन नौसेना एकेडेमीका नौसेना कप्तान टोर इभर स्ट्रोमेनले आलोचना गर्नुभएको छ । उहाँले फ्रान्सेली र जर्मन फ्रिगेटहरू बेलायतीभन्दा उत्कृष्ट रहेको बताउनुभएको छ ।

सम्बन्धित खबर