२०८२ भदौ १६, सोमवार , ०२:१०:२५ बजे

Sajhamanch
'

साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता

सोमवार, भदौ १६, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष ०८२/०८३ को साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार एक महिनाको अवधिमा देशभर ५ हजार ७४० मुद्दाहरू दर्ता भएका हुन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको साउन महिनाको मासिक प्रदेशगत अपराध दर्ता विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी मुद्दाहरू दर्ता भएका देखिएको छ । विवरणमा काठमाडौ उपत्यकासहित २ हजार १४७ अपराधका घटनाहरू दर्ता भएका छन् ।

प्रहरीको विवरणमा काठमाडौं उपत्यकामामा १ हजार ६११ र बागमती प्रदेशमा ५३६ वटा मुद्दा दायर भएको उल्लेख छ । यस्तै मधेश प्रदेशमा एक हजार ७२, कोशी प्रदेशमा ९१८, लुम्बिनी प्रदेशमा ६८५ मुद्दा दर्ता भएका छन् ।

गण्डकी प्रदेशमा ४१३, सुदूरपश्चिममा ३३२ र कर्णाली प्रदेशमा १७३ वटा अपराधका घटना दर्ता भएका प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर