
झापा । इजरायलले गाजासिटीमा हमासका सैन्य प्रवक्ता अबु ओबैदा हवाई आक्रमणमा मारिएको दाबी गरेको छ । हमासले भने ओबैदा मारिएको पुष्टि नगरेको बीबीसीले जनाएको छ । आक्रमणमा बालबालिकासहित सात जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएको खबरमा उल्लेख छ ।
इजरायली पक्षले पूर्व सूचना र सटीक हतियार प्रयोग गरेर आक्रमण गरिएको जनाएको छ । हमासले यसलाई आवासीय क्षेत्रमा भएको ‘नरसङ्हार’ भनेको छ ।
इजरायलले गाजासिटीलाई नियन्त्रणमा लिन तीव्र सैन्य कारबाही गरिरहेको छ । जसलाई संयुक्त राष्ट्रसङ्घले ‘विनाशकारी परिणाम’ ल्याउने चेतावनी दिएको छ ।