२०८२ भदौ १२, बिहिवार , ०४:३४:१५ बजे

Sajhamanch
'

काठमाडौं हुँदै तीन जना आतङ्ककारी प्रवेश गरेको भन्दै भारतको बिहारमा उच्च सतर्कता

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । नेपालको बाटो हुँदै तीन जना आतङ्ककारी राज्यमा प्रवेश गरेको सूचना पाएपछि बिहार प्रहरीले उच्च सतर्कता जारी गरेको भरतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश–ए–मोहम्मदका तीन जना नेपाल हुँदै बिहारमा प्रवेश गरेका प्रहरीलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ ।

तीन जना आतङ्ककारीको पहिचान रावलपिन्डीका हसनैन अली, उमरकोटका आदिल हुसेन र बहावलपुरका मोहम्मद उस्मानका रूपमा गरिएको छ । उनीहरू तीनै जना पाकिस्तानका रहेका खबरमा उल्लेख छ । यस्तै प्रहरीले उनीहरूको स्केच पनि जारी गरेको छ ।

प्रहरीले बताए अनुसार यी आतङ्ककारीहरू अगस्टको दोस्रो हप्ता नेपालको राजधानी काठमाडौं आइपुगेका र गएको हप्ता बिहार प्रवेश गरेका थिए । प्रहरीले उनीहरूको राहदानीको विवरण सीमावर्ती जिल्लाका अधिकारीहरूलाई पनि दिएको छ ।

यसैबीच यस वर्षको अन्त्यमा हुने विधानसभा चुनावलाई ध्यानमा राख्दै बिहारमा सुरक्षा बढाइएको छ ।

सम्बन्धित खबर