२०८२ भदौ ८, आइतवार , ०४:०५:०२ बजे

Sajhamanch
'

रुसको आरोप– ‘युक्रेनले आणविक स्थलमा आक्रमण गर्‍यो’

आइतवार, भदौ ८, २०८२

झापा । रुसले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रहेको आणविक ऊर्जा केन्द्रमा युक्रेनको ड्रोन आक्रमणका कारण आगलागी भएको बताएको छ । युक्रेनले ऊर्जा र ऊर्जा सुविधाहरूमाथि आक्रमण गरेको रुसले आरोप लगाएको बीबीसीले जनाएको छ ।

रुसी अधिकारीहरूले कुर्स्कमा रहेको आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको र वायु रक्षा प्रणालीले युक्रेनी ड्रोन खसालेको बताएका छन् । ड्रोन खसेर विस्फोट हुँदा ट्रान्सफर्मरमा क्षति पुगेको तर विकिरणको स्तर सामान्य रहेको र कुनै हताहत नभएको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

सन् १९९१ मा सोभियत सङ्घबाट देशको स्वतन्त्रताको घोषणाको प्रतीकका रूपमा युक्रेनले आज अगस्ट २४ मा स्वतन्त्रता दिवस मनाउँदै गर्दा यो घटना भएको हो । युक्रेनले रुसले लगाएको आरोपमाथि कुनै टिप्पणी गरेको छैन ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले युद्धको समयमा आणविक प्रतिष्ठानहरू वरिपरि अधिकतम संयम अपनाउन रस र युक्रेन दुवैलाई बारम्बार आह्वान गरेको छ ।

सम्बन्धित खबर