
झापा । इजरायली सेनाले गाजा शहरमा आक्रमणको पहिलो चरण शुरु गरेको बताएको छ । इजरायली सेनाले गाजा शहरका सबै क्षेत्र कब्जा गर्न योजनाबद्ध जमिन आक्रमणको प्रारम्भिक कारबाही शुरु गरेको बताएको बीबीसीले जनाएको छ । गाजा क्षेत्रको बाहिरी भागमा पहिले नै इजरायलको नियन्त्रणमा छ ।
गाजामा पक्राउ परेका इजरायली सेना, कर्मचारी र नागकिरलाई मुक्त गर्न अर्को महिनाको शुरुमै भन्डै ६० हजार सैनिक परिचालन गर्ने बताएको छ । हमासले निर्दोष नागरिकविरुद्ध क्रूर युद्ध जारी राख्ने पक्षमा इजरायललाई युद्धविराम सम्झौतामा बाधा पुर्याएको आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
इजरायलले कब्जाको योजनाको तयारी शुरु हुँदै गर्दा गाजा शहरका लाखौं प्यालेस्टिनीहरूलाई दक्षिणी गाजामा रहेका आश्रयस्थलहरू छोड्न र आश्रयस्थलहरूमा जान आदेश दिन सक्ने बताइएको छ ।
यो योजनाको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले चेतावनी दिनुभएको छ । इजरायलको योजनाले दुवै देशका नागरिको लागि विपत्ति मात्र निम्त्याउने र सबै क्षेत्रलाई स्थायी युद्धको चक्रमा डुबाउने जोखिम रहेको उहाँले टिप्पणी गर्नुभएको छ ।
यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय समितिले थप विस्थापन र शत्रुताको तीव्रताले गाजाको २१ लाख जनसङ्ख्याको लागि पहिले नै विनाशकारी अवस्थालाई बिगार्ने जोखिम रहेको बताएको छ ।
गएको महिना युद्धविराम र बन्धक रिहाइ सम्झौतामा हमाससँग अप्रत्यक्ष वार्ता भङ्ग भएपछि इजरायलको सरकारले सम्पूर्ण गाजा पट्टी कब्जा गर्ने आफ्नो योजना घोषणा गरेको छ ।