२०८२ भदौ ३, मङ्गलवार , ०६:०८:२९ बजे

Sajhamanch
'

गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइको नयाँ प्रस्तावमा हमास सहमत

मङ्गलवार, भदौ ३, २०८२

झापा । गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइ गर्न प्यालेस्टिनी विद्रोही समूह हमास सहमत भएको छ । गाजामा युद्धविराम र बन्धक रिहाइ गर्ने सम्बन्धमा क्षेत्रीय मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा हमास सहमत भएको प्यालेस्टिनी समूहको एक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको जुनमा अमेरिकी राजदूत स्टिभ विटकफले राखेको प्रस्तावमै टेकेर इजिप्ट र इजरायलले नयाँ प्रस्ताव अघि सारेका हुन् । नयाँ प्रस्ताव अनुसार हमासले बाँकी रहेका ५० जना इजरायली बन्धकमध्ये आधा जतिलाई ६० दिने युद्धविरामको अवधिमा दुई चरणमा रिहा गर्ने खबरमा उल्लेख छ ।

हमाससँग भएका बाँकी इजरायली बन्धकहरूमध्ये २० जना जीवित रहेका ठानिएको छ । यसपछि स्थायी युद्धविरामको बारेमा वार्ता अगाडि बढ्नेछ ।

नयाँ प्रस्तावप्रति हमास सहमत भएको विवरण सार्वजनिक भएपछि एउटा भिडिओमार्फत इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रस्तावबारे सीधै सम्बोधन नगरे पनि प्यालेस्टिनी समूह ठूलो दबावमा रहेको टिप्पणी गर्नुभएको छ ।

गएको हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरियो भने देशले कुनै पनि सम्झौता स्वीकार गर्ने बताउनुभएको थियो ।

सम्बन्धित खबर