
झापा । भारतको मुम्बईमा लगातार वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ । आज पनि ठूलो वर्षा भइहँदा विभिन्न क्षेत्रमा दुईदेखि चार फिटसम्म पानी जमेको छ भारतीय पत्रिका भास्कर दैनिकले जनाएको छ ।
विक्रोलीमा हिजो बिहान साढे ८ बजेदेखि आज बिहानसम्म २५५ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण मुम्बई महानगरपालिकाले विद्यालय–महाविद्यालय र सरकारी तथा अर्ध–सरकारी कार्यालय बन्द गराएको छ ।
यातायातमा अवरोध भएको छ भने उडान सञ्चालन पनि ढिलो भएको छ । त्यहाँ अहिलेसम्म घटनामा बाढीका कारण सात जनाको ज्यान गएको छ भने केही मानिस घाइते भएका छन ।
यसैबीच हिमाचल प्रदेशको कुल्लुमा लगातारको वर्षाले ब्यास नदीमा आएको बाढीले तीन वटा पसल बगाएको छ । भूतनाथ क्षेत्रमा सडकको एक हिस्सा क्षतिग्रस्त भएको छ भने पुल समेत बगाएको खबरमा भनिएको छ ।