
झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न तयार हुनुभएको छ । ह्वाईटहाउस बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति पुटीन १५ दिन भित्र जेलेन्स्कीसँग प्रत्यक्ष भेटका लागि सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीच ४० मिनेट टेलीफोन कुराकानी भएको हो । बैठकपछि जेलिन्स्कीले पत्रकार सम्मेलन गर्दै युरोपेली सहयोग मार्फत ९० अर्ब डलर बराबरका अमेरिकी हतियार खरिद गर्ने र आफ्नै ड्रोन उत्पादन गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले युद्धअन्त्य तर्फ अघि बढ्न आफू पुटिनसँग द्विपक्षीय वा त्रिपक्षीय बैठकका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।