२०८२ भदौ २, सोमवार , ०४:१५:२७ बजे

Sajhamanch
'

निजामती विधेयक : राष्ट्रियसभाको संसदीय समितिमा छलफल शुरू, भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने

सोमवार, भदौ २, २०८२

काठमाडौं । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको सङ्घीय निजामती सेवा विधेयकमाथि राष्ट्रियसभाको संसदीय समितिमा छलफल शुरू भएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल शुरू भएको हो । यो विधेयक भदौ १७ गतेभित्र सभाबाटै पारित गरिसक्नुपर्ने दबाव छ ।

यो विधेयक गएको असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको हो । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेपछि राष्ट्रियसभाले प्राप्त भएको दुई महिनाभित्र पारित गरेर वा सुझावसहित फिर्ता पठाउनुपर्ने संवैधानिक बाध्यता छ ।

६० दिनभित्र राष्ट्रियसभाले विधेयक फिर्ता नगरेमा प्रतिनिधिसभाले तत्काल कायम रहेको सङ्ख्याको बहुमत सदस्यहरूको निर्णयबाट प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

विधेयकमा रहेको ुकुलिङ अफ पिरियडु का सम्बन्धमा प्रतिनिधिसभाको समितिबाट पारित भएको भन्दा फरक कुरा परेको भन्दै विवाद भएपछि राष्ट्रियसभामा छलफल शुरू गर्न ढिलाइ भएको हो ।

संसदीय छानबिन विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिइसक्नुभएको छ ।

यस्तै सभामुख देवराज घिमिरेले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि १४ वटा राजनीतिक दल र चार वटा सरकारी निकायमा पठाइसक्नुभएको छ ।

सम्बन्धित खबर