२०८२ भदौ २, सोमवार , ०१:२३:०२ बजे

Sajhamanch
'

युक्रेनी राष्ट्रपतिसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पको कडा सन्देश

सोमवार, भदौ २, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की निर्णायक वार्ताका लागि अमेरिकाको राजधानी वाशिङ्टन पुग्नुभएको छ । उहाँले युरोपेली नेतासहित ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्ने कार्यक्रम छ ।

आजको भेटलाई रुससँगको युद्ध अन्त्य गर्ने प्रयासको रूपमा हेरिएको बीबीसीले जनाएको छ । तर भेटघाट हुनुअघि नै ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ मार्फत कठोर सन्देश पठाउँदै युक्रेनलाई नाटोमा प्रवेश दिने कुरा नभएको र २०१४ मा रुसले कब्जा गरेको क्राइमिया फिर्ता नहुने बताउनु भएको छ ।

जेलिन्स्कीको यसअघि गएको फेव्ररीमा भएको ‘तनावपूर्ण’ भएको थियो । यसपटक उहाँ युरोपेली नेताहरूसँगै उपस्थित हुँदै हुनुहुन्छ । विश्लेषकहरूले यसलाई ‘एकीकृत यूरोपको शक्तिशाली सन्देश’ भनेका खबरमा उल्लेख छ । आजको भेटघाटले युद्धविराम र सम्भावित शान्ति सम्झौताको दिशाबारे महत्वपूर्ण सङ्केत दिने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर