२०८२ भदौ २, सोमवार , ११:२७:३२ बजे

Sajhamanch
'

रहेनन् सङ्गीतकार ‘गोलसिमल’

सोमवार, भदौ २, २०८२

नारायणगढ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले गोलसिमलको संज्ञा दिनुभएका कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको निधन भएको छ ।

लामो समयदेखि बिरामी हुनुभएको नन्दनको ९० वर्षको उमेरमा आइतबार राति ९ः२५ बजे उपचारका क्रममा चितवन मेकिडल कलेजमा निधन भएको नारायणी कला मन्दिरका पूर्व अध्यक्ष अमर प्रधानले जानकारी दिनुभयो ।

उहाँ लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट बिरामी हुनुहुन्थ्यो । केही समय यता त उहाँ थला परेर हिँड्डुल समेत गर्न सक्नुभएको थिएन ।

२०११ सालमै ‘झटारो’ गितिसंग्रह प्रकाशन गरेर नेपाली गीत संगित र साहित्य, क्षेत्रमा प्रवेश गर्नुभएका नन्दन गजल, कविता तथा अन्य काव्यमा पनि कलम चलाउने स्रष्टाका रुपमा चिनिनुहुन्छ । उहाँका दर्जनौ गीतहरु चलचित्र क्षेत्रमा ख्याती प्राप्त छन् ।

उहाँका गिती सग्रहहरु अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐना भित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काब्य २०७४ र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित भएका छन् ।

यस्तै राष्ट्रिय गान छनोटका क्रममा उहाँको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो ।

उहाँले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुुलीलगायतका साहित्यिक पत्रिकाहरु पनि सम्पदान गर्नुभएको थियो । अनौपचारिक शिक्षा आर्जन गरेर गीत संगित र सासहत्यमा लाग्नु भएका नन्दन गायक, सङ्गीतकार तथा कलाकार पनि हुनुहुन्थ्यो ।

१९९२ साल जेठ १९ गते तनहुँको वन्दिपुरमा जन्मनु भएका नन्दनपछि बसाइँ सरेर चितवनको नारायणगढ आउनु भएको हो ।

उहाँ छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरी सक्नु भएको छ । उहाँलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो ।

उहाँले साहित्यलाई प्राज्ञिक चेतनाको मुलद्वार मान्नुहुन्थ्यो । भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको स्रष्टा परिचयमा उहाँले साहित्यमा प्रवेश गरेपछि मात्रै कलाकृतिसम्बन्धि बोध हुने उल्लेख गर्नुभएको थियो । प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले नन्दनको निधनले नेपाली साहित्य क्षेत्रमा अपुरणिय क्षति पुगेकेको बताउनुभयो ।

उहाँको पार्थिव शरिरको सोमबार नै धार्मिक क्षेत्र देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । त्यस अघि आज बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा उहाँलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम तय गरिएको छ । नन्दन कलामन्दिरको पूर्व अध्यक्ष र सल्लाहार हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।

सम्बन्धित खबर