२०८२ भदौ २, सोमवार , ११:३०:१२ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्प र युरोपेली नेताहरुबीच आज वासिङ्टनमा भेटवार्ता हुँदै

सोमवार, भदौ २, २०८२

झापा । युक्रेन युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीबीच आज वाशिङ्टनमा उच्चस्तरीय वार्ता हुँदैछ । यो वार्तामा युरोपेली नेताहरूले समेत सहभागिता जनाउँदै जेलिन्स्कीलाई साथ दिने समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गएको शुक्रवार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ऐतिहासिक भेट गर्नुभएको थियो । भेटपछि उहाँले शान्ति सम्झौताको लागि मस्कोसँग आग्रह गर्नुभयो ।

पुटिनसँगको छलफलमा डोनबास क्षेत्रमा सम्झौता गर्ने, लडाई रोक्ने र युक्रेनलाई ठोस सुरक्षा ग्यारेन्टी दिने विषयमा छलफल भए पनि ठोस निष्कर्ष भने आइसकेको छैन ।

युरोपेली नेताहरू जर्मन चान्सलर फ्रेड्रिख मर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री किअर स्टार्मर, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, युरोपियन आयोग अध्यक्ष उर्सुला भोन डेर लेयेन र नाटो प्रमुख मार्क रुट्टेले आज हुने वाशिङ्टन वार्तामा सहभागीता जनाउँदैछन । अमेरिकासँग युरोपेली देशहरुले युक्रेनको ठोस सुरक्षा ग्यारेन्टी हुनुपर्नेमा जोड दिंदै आएका छन् ।

सम्बन्धित खबर