
झापा । पाकिस्तानमा मुसल्धारे वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३५० जना पुगेको छ । बिहीवारयताको विपद्का कारण सबैभन्दा धेरै प्रभावित खैबर पख्तुनख्वाको बुनर जिल्ला परेको छ ।
बुनरमा मात्रै २०० भन्दा धेरैको ज्यान गएको छ । कतिपय बेपत्ता छन् । त्यस्तै बाजुर, डिर, शाङ्ला, मन्सेहरा र कोहिस्तानमा जिल्लामा पनि घर, पुल र प्रहरी चौकी बगेका छन् । सडक अवरुद्ध र पुल बगाएको कारण उद्धार कार्य प्रभावित भएको छ ।
पाकिस्तानको मौसम विभागले अझै तीनरचार दिनसम्म पानी पर्ने जनाएको छ । विपद्जन्य जोखिम कायमै रहेकाले आवश्यक तयारीमा जुट्न आग्रह गरिएको छ ।