२०८२ साउन ३०, शुक्रवार , ०५:२७:१३ बजे

Sajhamanch
'

भारतलाई उर्जा स्वतन्त्र र रक्षा प्रणालीमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री मोदीको घोषणा

शुक्रवार, साउन ३०, २०८२

झापा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई ऊर्जा स्वतन्त्र र आफ्नै शक्तिशाली रक्षा प्रणालीको विकासका साथ आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वार्षिक स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले आत्मनिर्भरता विकसित भारतको आधार रहेको बताउनुभयो । भारत अहिले अमेरिकाबाट थप आयात करको दबाबमा छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रुसी तेल खरिद रोक्न अल्टिमेटम दिँदै अन्यथा अगस्ट २७ देखि भारतमा लागू २५ प्रतिशत आयात भन्सार शुल्क ५० प्रतिशत पु¥याइने चेतावनी दिनुभएको छ । भारतले युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई समर्थन गर्न ‘तयार रहेको’ बताएको छ ।

आज अलास्कामा अमेरिकी राष्ट्रपती ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने शिखर सम्मेलनलाई समर्थन गरेको पनि मोदीले बताउनुभयो । उहाँले वैज्ञानिक र इन्जिनियरहरूलाई लडाकू विमानका इन्जिन, सेमिकन्डक्टर चिप्स र सैन्य उपकरणहरूजस्ता क्षेत्रमा स्वदेशी उत्पादनमा ध्यान दिन आह्वान गर्नुभयो । उहाँले अमेरिकी नीतिबारे प्रत्यक्ष टिप्पणी नगरी किसानका हितविरुद्ध हुने कुनै पनि कदमका विरुद्ध ‘पर्खालझैँ उभिने’ बताउनुभयो ।

सम्बन्धित खबर