२०८२ साउन ३०, शुक्रवार , ११:४८:०५ बजे

Sajhamanch
'

भारतको जम्मू कश्मीरमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो

शुक्रवार, साउन ३०, २०८२

झापा । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ ।

बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको र जसमध्ये ११ जनाको शव पहिचान भएको बीबीसी हिन्दीले जनाएको छ ।

बाढीमा अहिलेसम्म १०० जना भन्दा बढी घाइते भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

६०– ६० जनाको ५ समूह बनाएर सुरक्षाकर्मीको टोली राहत तथा उद्धारमा लागिरहेको खबरमा उल्लेख छ ।

हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा आरीघोप्टे वर्षापछि अचानक बाढी आएको थियोे ।

सम्बन्धित खबर