२०८२ साउन २९, बिहिवार , ०२:४२:४० बजे

Sajhamanch
'

विकासका लागि नेपाल मोडेल जरुरी : मन्त्री दाहाल

बिहिवार, साउन २९, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुर्वाधार निर्माणपुर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताउनु भएको छ।

नेपाल इन्जिनियरिङ काउन्सिलले बिहिबार काठमाडौमा आयोजना गरेको इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उहाँले पूर्वाधार निर्माणको कामलाई दिगो र सुरक्षित बनाउन विशिस्ट अध्ययन र अनुसन्धान जरुरी रहेको बताउनु भयो ।

नेपालको भुधरातलिय बिशिस्टता सुहाउदो बिकास मोडेल आवश्यक रहेको जनाउदै नेपालको भौगोलिक चुनौती खेप्न सक्ने प्रविधीबारे समेत अध्ययन गर्न समेत उहाँले आग्रह गर्नु भयो । आवश्यक नीति र कानुन निर्माण र सम्सोधनका लागि सरकार तयार रहेको पनि उहाँले जनाउनु भयो ।

ठुला राजमार्गहरुको विकास र विस्तार, आधुनिक सुरुङहरुको निर्माण, नेपालको विशिष्ट भुबनोट सुहाउँदा सुरक्षित सडक लगायतका संरचना निर्माणमा नेपाली ईन्जिनियरहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्री दाहालले नेपाली ईन्जिनियरहरुको शिक्षा र क्षमतलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिब केशवकुमार शर्मा

नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पुर्याउन ईन्जिनियरीङ् क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ । नेपालको पूर्वाधार क्षेत्र अहिले तिव्र निर्माणको चरणमा भएमाले यस पछि नयाँ चरण शुरु हुने उहाँको धारणा छ ।

उपयोगबाट आर्थिक समृद्धीलाई अघि बढाउन सकिने पनि बताउनुभयो । नेपालमा उत्पादित स्तरीय जनशक्तिबाटनै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ अघि बढाउन सकिने भन्दै उहाँले नेपाली ईन्जिनियरहरुको वृति विकास र योगदानलाई महत्वका साथ हेरिएको बताउनुभयो ।

यस्तै काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले ईन्जिनियर र ईन्जिनियरीङ् क्षेत्रले विकाशका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदान नभई आधुनिक विकास सम्भव नहुने बताउनुभयो ।

कार्यक्रममा इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञहरु सहित छलफल भएको काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईलेजानकारी दिनुभयो ।

सम्बन्धित खबर