२०८२ साउन २९, बिहिवार , ०१:११:२२ बजे

Sajhamanch
'

इजरायली आक्रमणमा परी गाजामा एकैदिन १०० जनाभन्दा धेरैको ज्यान गयो

बिहिवार, साउन २९, २०८२

झापा । गाजाको उत्तरी क्षेत्रमा इजरायलको तीव्र बमबारीका कारण कम्तीमा १०० जना प्यालेस्टेनी नागरिकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ६१ जना गाजा सिटीकै रहेका अलजजिराले जनाएको छ । गाजा सिटी वरपरको क्षेत्र विशेषगरी जैतुन, साब्रा र शेख रदवानमा हवाई तथा तोप आक्रमण तीव्र भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र इजरायली नाकाबन्दीका कारण भोकमरी र कुपोषणबाट तीन बालबालिकासहित आठ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युद्ध शुरू भएदेखि अहिले भोकमरी र कुपोषणबाट १०६ बालबालिकासहित २३५ जनाको ज्यान गइसकेको खबरमा उल्लेख छ ।

यसैबीच गाजामा युद्धविरामका लागि हमासको प्रतिनिधि मण्डल हिजो इजिप्ट पुगेको छ । गएको जुलाईमा कतारमा भएको वार्ता असफल भएपछि फेरि काइरोमा युद्ध रोक्ने, राहत आपूर्ति गर्ने र गाजावासीको पीडा अन्त्य गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

इजरायली सुरक्षा क्याबिनेटले केही दिनअघि गाजा सिटी कब्जा गर्ने तथा लाखौं प्यालेस्टीनी नागरिकलाई जबरजस्ती स्थानान्तरण गर्ने योजना पारित गरेको छ ।

सम्बन्धित खबर