
झापा । दक्षिण कोरियामा सात महिनासम्म लगातार रोजगारीको दर बढेको छ । दक्षिण कोरियाको तथ्याङ्क विभागले हिजो सार्वजनिक गरेको विवरणअनुसार जुलाई अर्थात गएको १ महिनामा १५ वर्ष वा त्योभन्दा माथिका १ लाख ७१ हजार व्यक्तिले रोजगारी पाएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यसले गर्दा कुल रोजगारी प्राप्त गर्नेको सङ्ख्या २ करोड ९० लाख २९ हजार पुगेको छ । यो गएको वर्षको यही अवधिको तुलनामा शून्य दशमलव ६ प्रतिशतले बढी हो । यद्यपि अघिल्लो महिनाको तुलनामा यो वृद्धिदर केही सुस्त भएको देखिन्छ ।
जुलाई महिनाको रोजगारी वृद्धिमा मुख्य योगदान ६० वर्ष वा त्योभन्दा माथिका व्यक्तिहरूको थियो, जसमा तीन लाख ४२ हजारको वृद्धि भएको थियो ।