
झापा । अमेरिकाले पाकिस्तानको बलुचिस्तान लिबरेशन आर्मी ९बीएलए० र यसको सशस्त्र शाखा द मजिद ब्रिगेडलाई ‘विदेशी आतङ्कवादी सङ्गठन’ घोषणा गरेको छ ।
सन् २०१९ मा धेरै चरमपन्थी आक्रमणहरूपछि अमेरिकाले बीएलएलाई ’विशेष रूपमा तोकिएको विश्वव्यापी आतङ्कवादी’ (एसडीजीटी) को श्रेणीमा राखेको थियो ।
यो समूहले त्यस बेलादेखि धेरै आक्रमणहरूको जिम्मेवारी लिएको अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकी विदेश विभागले यो कारबाहीले आतङ्कवादविरुद्ध ट्रम्प प्रशासनको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताएको छ । यो घोषणा आतङ्कवादी गतिविधिहरूको समर्थन कम गर्ने प्रभावकारी तरिका रहेको विभागको भनाइ छ ।
सन् २०२४ मा कराँची विमानस्थल र ग्वादर बन्दरगाह प्राधिकरण परिसर नजिकै भएको आत्मघाती आक्रमणको जिम्मेवारी बीएलएले लिएको विदेश विभागले बताएको छ ।
सन् २०२५ मार्चमा यो समूहले क्वेटाबाट पेशावर जाने जाफर एक्सप्रेस रेल अपहरणको जिम्मेवारी लिएको थियो । यस घटनामा ३१ जना सर्वसाधारण र सुरक्षाकर्मीको ज्यान गएको थियो भने तीन सय जनाभन्दा धेरै यात्रु बन्धक बनाइएका थिए ।