२०८२ साउन २६, सोमवार , ०३:५१:४५ बजे

Sajhamanch
'

वाशिङ्गटन डीसीमा रहेका घरबारविहीनलाई तत्काल बाहिर निकाल्न ट्रम्पको माग

सोमवार, साउन २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबारविहीन मानिसहरूलाई वाशिङ्गटन डीसीबाट तुरुन्तै बाहिर निकाल्न माग गर्नुभएको छ ।

देशको राजधानीमा अपराध नियन्त्रण गर्ने वाचा गर्दै राष्ट्रपति ट्रम्पले घरबारविहीन मानिसहरूलाई वाशिङ्गटन डीसीबाट बाहिर जान भन्नुभएको बीबीसीले जनाएको छ । तर वाशिङ्गटन डीसीका मेयरले राजधानीलाई बगदादसँग तुलना गर्ने ह्वाइट हाउसको विरोध गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले घरबारविहीन मानिसहरूलाई बस्नका लागि राजधानीबाट टाढा ठाउँ दिने सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

यस्तै उहाँले शहरलाई पहिलेभन्दा सुरक्षित र सुन्दर बनाउने आफ्नो योजनाको बारेमा पनि बताउनुभएको खबरमा उल्लेख छ ।

यसैबीच मेयर मुरियल बाउसरले आफूहरूले अपराधको वृद्धि अनुभव नगरेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीबाट निर्वाचित हुनुभएको हो भने सङ्घीय राजधानीकी मेयर डोमोक्र्याट हुनुहुन्छ ।

ट्रम्पले गएको महिना घरबारविहीन मानिसहरूलाई पक्राउ गर्न सजिलो बनाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो र गएको हप्ता वाशिङ्गटन डीसीको सडकमा सङ्घीय कानून प्रवर्तन गर्न आदेश दिनुभएको थियो ।

राष्ट्रपति ट्रम्पको योजनाको विस्तृत विवरण अझै स्पष्ट भएको छैन, तर २०२२ को भाषणमा उहाँले घरबारविहीन मानिसहरूलाई शहरबाहिर सस्तो जमिनमा उच्च गुणस्तर पालमा सार्ने प्रस्ताव राख्नुभएको थियो । त्यहाँ बाथरूम र चिकित्सा पेशेवरहरूको पहुँच प्रदान गरिने ट्रम्पले बताउनुभएको थियो ।

शुक्रवार मात्रै राष्ट्रपति ट्रम्पले अमेरिकी पार्क प्रहरी, लागूपदार्थ प्रवर्तन प्रशासन, सङ्घीय जाँच ब्युरो (एफबीआई) र अमेरिकी मार्शल सेवालगायतका सङ्घीय एजेन्टहरूलाई वाशिङ्गटन डीसीमा ‘पूर्णरूपमा नियन्त्रणबाहिर’ रहेको अपराधको स्तरलाई नियन्त्रण गर्न आदेश दिनुभएको थियो ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार शनिवार राति ४५० जनासम्म सङ्घीय अधिकारीहरू तैनाथ गरिएको थियो ।

सम्बन्धित खबर