२०८२ साउन २६, सोमवार , ११:०५:५१ बजे

Sajhamanch
'

अमेरिका र रुसबीच आउँदो शुक्रवार उच्चस्तरीय वार्ता हुँदै

सोमवार, साउन २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रवार अलास्कामा महत्त्वपूर्ण शिखर सम्मेलनको आयोजना हुँदैछ ।

चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार यो सन् २०२१ पछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । अलास्का सम्मेलनलाई शान्ति स्थापनाका लागि एक उच्चस्तरीय प्रयासको रूपमा हेरिएको छ ।

ट्रम्पका विशेष दूत स्टीभ विटकोफको मस्को भ्रमणका क्रममा पुटिनसँगको बैठकपछि अलास्का बैठकको योजना सार्वजनिक भएको हो ।

रुसी राष्ट्रपति पुटिनले केही समयअघि ट्रम्प प्रशासनलाई युद्धविरामको प्रस्ताव दिनुभएको थियो । जसमा युक्रेनले केही भू–भाग छोड्नुपर्ने र अन्तर्राष्ट्रिय समुदायले रुसको दाबीलाई मान्यता दिनुपर्ने शर्तहरू छन् । राष्ट्रपति ट्रम्पले भू–स्वामित्वको आदानप्रदान समेत सम्भव हुनसक्ने सङ्केत दिनुभएको छ ।

युरोपेली आयोग, फ्रान्स, इटाली, बेलायत, जर्मनी, पोल्याण्ड र फिनल्याण्डका नेताहरूले संयुक्त वक्तव्य निकाल्दै युक्रेनका अन्तर्राष्ट्रिय रूपमा मान्य सीमाहरूलाई जबर्जस्ती परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन् ।

शिखर सम्मेलनले युक्रेन सङ्कट समाधान गर्छ वा अझ अवस्था जटिल बन्छ भन्ने पनि विश्लेषण भइरहेका छन । यद्यपि विश्वासको अभाव र कठोर अडानबीच, युद्धविरामसँगै दुईदेशबीचको युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर