२०८२ साउन २६, सोमवार , १२:०५:०० बजे

Sajhamanch
'

गाजामा इजरायली आक्रमणमा परी पाँच जना पत्रकार मारिए

सोमवार, साउन २६, २०८२

झापा । गाजा अल–शिफा अस्पताल नजिकै भएको इजरायली आक्रमणामा परी पाँच जना पत्रकार मारिएका छन् ।

अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला इजरायली आक्रणमा पाँच जना पत्रकार मारिएको बीबीसीले जनाएको छ ।

मारिने पत्रकारहरूमा अल जजीराका सम्वाददाता अनस अल सरिफ, मोहम्मद क्रेकेह, क्यामेराम्यान इब्राहिम जाहेर, मोआमेन अलिवा र उनीहरूका सहायक मोहम्मद रहेको अलजजिराले पुष्टि गरेको छ ।

पत्रकार शरिफले गाजा शहरभित्र तीव्र इजरायली बमबारी भइरहेको रिपोर्टिङ गरिरहेको भिडियो सार्वजनिक भएका छन् ।

कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार सन् २०२३ मा गाजामा इजरायलको सैन्य कारबाही शुरू भएयता १८६ पत्रकारहरू को ज्यान गइसकेको छ ।

सम्बन्धित खबर