२०८२ साउन २५, आइतवार , १२:२२:३५ बजे

Sajhamanch
'

४ महिनामा विपदका दुई हजार ६७५ घटना : ११७ जनाको मृत्यु

आइतवार, साउन २५, २०८२

काठमाडौं । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार ६७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपदका घटनामा परेर ११७ जनाको ज्यान गएको छ भने ५६४ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य १९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन् ।

प्राधिकरणको विवरणअनुसार पहिरोका कुल २८१ घटना भएका छन् । त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन् । यस्तै, भारी वर्षाका कारण १७४, चट्याङका २४४, सर्पदंशका ७४, आगलागीका एक हजार ६६, वन डढेलोका १५८, हावाहुरीका २७६, जनावर आक्रमणका १५३, लेक लागेर ४१, भूकम्पका पाँच घटना भएका छन् ।

विपद्जन्य घटनाका कारण चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । त्यसमा परेर २२ जना बेपत्ता भएका छन् ।

यस्तै, साउन २४ गतेसम्म मात्रै ३५ विपदका घटना भएका छन् । त्यसमा सबैभन्दा बढी पहिरोका १३, आगलागीका चार, बाढी एक, अविरल वर्षा पाँच, चट्याङ एक, लेक लागेको दुई र जनावरको आक्रमणबाट एउटा घटना भएको छ । ती घटनामा परेर ६ जना घाइते भएका छन् ।

सम्बन्धित खबर