२०८२ साउन २५, आइतवार , १२:४७:४२ बजे

Sajhamanch
'

प्लास्टिक प्रदूषण नियन्त्रण सम्झौताबारे चलिरहेको वार्तामा पर्याप्त प्रगति हुन सकेन

आइतवार, साउन २५, २०८२

झापा । प्लास्टिक प्रदूषण नियन्त्रणका लागि कानूनी रूपमा बाध्यकारी सम्झौता गर्न संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा पर्याप्त प्रगति हुन सकेको छैन । मङ्गलवारदेखि जेनेभामा शुरु भएको वार्तामा १८४ देशका प्रतिनिधि सहभागी छन् ।

वार्ताको नेतृत्व गरिरहेका लुइस भायस भाल्डिभिसोले प्लास्टिक प्रदूषण नियन्त्रण सम्झौतामा प्रगति पर्याप्त नभएको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ । वार्तामा विभिन्न मतभेद आइरहेका छन् । वातावरणीय क्षति बढ्दै गएको अवस्थामा साझा लक्ष्यमा पुग्न अझै ठूलो प्रयास आवश्यक रहेकोमा उहाँको जोड छ ।

यही अगस्ट १४ सम्म सम्झौता निष्कर्षमा पुर्‍याउने महत्त्वपूर्ण अवधि हो । दक्षिण कोरियाको बुसानमा गएको डिसेम्बरमा पाँचौं तथा अन्तिम चरणको वार्ता असफल भएपछि, जेनेभामा पुनः छलफल शुरु भएको हो ।

सम्बन्धित खबर