२०८२ साउन २३, शुक्रवार , ०५:३७:०१ बजे

Sajhamanch
'

गाजा शहर कब्जा गर्ने नेतान्याहुको योजना इजरायली सुरक्षा मन्त्रिपरिषद्बाट अनुमोदन

शुक्रवार, साउन २३, २०८२

झापा । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रवार विज्ञप्तिमार्फत यसबारेमा जानकारी गराएको बीबीसीले जनाएको छ ।

यससँगै इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि भन्दै ५ बुँदे सिद्धान्त सार्वजनिक गरेको छ । इजरायलले भनेको ५ बुँदे सिद्धान्तमा हमास समूहको निःशस्त्रीकरण, मृत र जीवित सबै बन्धक फिर्ता गर्नुपर्ने, गाजा पट्टीलाई असैनिकीकरण गरिनुपर्ने, गाजा पट्टीमाथि इजरायली सुरक्षा बलले कब्जा गर्ने र हमास वा प्यालेस्टिनी प्राधिकरण नभएको वैकल्पिक नागरिक सरकारको अस्तित्व रहेको छ ।

यसअघि सुरक्षा मन्त्रिपरिषद् बैठकअघि नेतान्याहुले इजरायलले सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र सम्पूर्ण गाजाको नियन्त्रण लिन चाहेको फक्स न्युजसँगको अन्तर्वार्तामा बताउनुभएको थियो । गाजा क्षेत्रमा सुरक्षा कायम राखी यो क्षेत्र सेनाहरूलाई हस्तान्तरण गर्न चाहेको जनाउँदै उहाँले सेनाले गाजवासीहरूको आवश्यकता र सहजता बमोजिम कार्य गर्ने बताउनुभएको थियो ।