२०८२ साउन २२, बिहिवार , १०:११:४९ बजे

Sajhamanch
'

भारत हुँदै खाडी देश पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

बिहिवार, साउन २२, २०८२

काठमाडौं । भारतको बाटो भएर तेस्रो देश लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।

दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार गैरकानूनी तरिकाले भारत हुँदै तेस्रो देश लैजान लागिएका महिलाहरुको उद्धार गरी हिजो नेपाल फर्काइएको हो ।

दूतावासका अनुसार दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी देश लैजान लागिएको थियो ।

भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

सम्बन्धित खबर