२०८२ साउन २१, बुधवार , ०२:४७:५० बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबिच भेटवार्ता

बुधवार, साउन २१, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभ बिच बुधबार दुईपक्षीय भेटवार्ता भएको छ ।

तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा भएको भेटवार्तामा नेपाल–तुर्कमेनिस्तानबिचको आपसी सम्बन्ध, क्षेत्रीय सहकार्य र आपसी हितका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण सहकार्यसम्बन्धी सत्रलाई सम्बोधन गर्नु भएको थियो।

प्रधानमन्त्री ओलीले सो सम्मेलन अन्तर्गत तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्यसम्बन्धी राउन्ड टेबलको सहअध्यक्षता पनि गर्नु भएको थियो ।

जामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको साइड इभेन्टका रुपमा हिजो प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित मुलुहरुको रूपान्तरण कुनै छनोट नभई आवश्यकता भएकोमा जोड दिनु भएको थियो।

हिजो प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभ बिच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओली साउन १८ गते राति उक्त देशको औपचारिक भ्रमणमा जानु भएको हो ।

सम्बन्धित खबर