२०८२ साउन २१, बुधवार , १२:३७:०२ बजे

Sajhamanch
'

चीनमा चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या सात हजार नाघ्यो

बुधवार, साउन २१, २०८२

झापा । चीनमा चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ । गएको जुलाईदेखि चीनको गुवाङदोङ प्रान्तमा लामखुट्टेबाट सर्ने भाइरसबाट सात हजार जनाभन्दा धेरै सङ्क्रमित भएका हुन् ।

चिकनगुनिया भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा गरिएका जस्तै उपायहरू अपनाएको बीबीसीले जनाएको छ ।

सबैभन्दा धेरै प्रभावित फोशान शहरमा चिकनगुनियाका बिरामीहरूलाई अस्पतालमा लामखुट्टेको टोखाइबाट बचाउन झुलको प्रयोग गरिएको छ । अस्पतालमा भर्ना भएकाहरूलाई परीक्षण रिपोर्ट नेगेटिभ आएपछि वा एक हप्ता लामो बसाइँपछि डिस्चार्ज गर्ने गरिएको छ ।

सङ्क्रमित लामखुट्टेको टोकाइबाट फैलिने यो भाइरसले ज्वरो र गम्भीर जोर्नी दुखाइ निम्त्याउने गरेको र यो कहिलेकाहीँ वर्षौंसम्म रहन सक्ने खबरमा उल्लेख छ ।

चीनमा दुर्लभ भए पनि दक्षिण र दक्षिण पूर्वी एशिया तथा अफ्रिकाका केही भागहरूमा चिकनगुनियाको प्रकोप सामान्य छ ।

फोशानबाहेक दक्षिणी गुवाङदोङ प्रान्तका कम्तीमा १२ अन्य शहरहरूमा यो भाइरसको सङ्क्रमण देखिएको छ ।

यसैबीच हङकङमा हिजो एक जनामा चिकनगुनिया सङ्क्रमण देखिएको अधिकारीहरूले बताएका छन् । गएको जुलाईमा पोशान पुगेका बालकमा सङ्क्रमण देखिएको हो ।

सम्बन्धित खबर