२०८२ साउन २०, मङ्गलवार , ०४:५४:३१ बजे

Sajhamanch
'

अमेरिकाले ‘ट्रान्सजेन्डर’ महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगायो

मङ्गलवार, साउन २०, २०८२

झापा । अमेरिकी सरकारले ‘ट्रान्सजेन्डर’ अर्थात् परलैङ्गिक महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले महिला खेलकुदमा प्रतिस्पर्धा गर्न चाहने ट्रान्सजेन्डर महिलाहरूको भिसा योग्यता सीमित गर्न आफ्नो आप्रवासन नीति अद्यावधिक गरेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । महिला खेलकुदमा महिला खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्ने कुरा सुनिश्चित गर्नु यो नियमको उद्देश्य हो ।

पुरुषहरूलाई महिला खेलकुदबाट बाहिर राख भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशका आधारमा यो नयाँ नीति आएको हो । यस अनुसार आफ्नो लिङ्ग पहिचान परिवर्तन गरेका पुरुष खेलाडीहरूले महिला खेलकुदमा सहभागी हुन अमेरिका प्रवेश गर्न अनुमति पाउने छैनन् ।

अमेरिकाको ओलम्पिक तथा प्याराओलम्पिक समितिले गएको महिना राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशसँग मिल्दोजुल्दो नीति अद्यावधिक गरेको थियो । यसमा ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्नबाट रोक लगाइएको छ ।

ट्रम्पले गएको फेब्रुअरीमा पुरुषहरूलाई महिला खेलकुदबाट बाहिर राख्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । यो निर्देशनले निष्पक्षता पुनर्स्थापित गर्ने समर्थकहरूले बताएका थिए तर आलोचकहरूले खेलाडीहरूको सानो अल्पसङ्ख्यकको अधिकार हनन गर्ने तर्क गर्छन् ।

सम्बन्धित खबर