२०८२ माघ ४ आइतवार , ०३:५८:२८ बजे

Sajhamanch
'

कुलिङ पिरियडको गडबडी सम्बन्धी प्रतिवेदन सभामुखलाई बुझाइयो

मङ्गलवार, साउन २०, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ।

नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति रहेको समितिले मंगलबार घिमिरेलाई प्रतिवेदन बुझाएको हो।

कर्मचारीले राजीनामा बुझाए वा अवकाशपछि संवैधानिक नियुक्तिका लागि दुई वर्ष कुनुपर्ने प्रावधान खण्डित भएकोबारे छानबिन गर्न समिति गठन गरिएको थियो।

समितिले मंगलबार बिहान सर्वसम्मतरूपमा प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनमा विधेयकको मर्मविपरीत, प्रक्रिया मिचेर गरिएको संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको जिम्मा नेतृत्व तहले लिनुपर्ने उल्लेख गरिएको छ।

साथै, विधेयक प्रतिवेदन तयार पार्ने क्रममा संलग्न कर्मचारीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने सिफारिससमेत गरिएको छ।

छानबिन समितिको नेतृत्व कांग्रेसका जीवन परियारले गर्नुभएको थियो। समितिमा कांग्रेसकी सचेतक सुशीला थिङ, एमालेका सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य थिए।

छानबिन समितिका अनुसार दुई वर्षे ‘कुलिङ अफ पिरियड’ व्यवस्था प्रभावित हुने गरी विधेयकमा संशोधन गर्नु विधिसम्मत प्रक्रिया मिचेर गरिएको थियो।

सम्बन्धित खबर